Rule 141
निलम्बन गर्ने
(१) कुनै शिक्षकलाई सजायको आदेश दिनुभन्दा अघि कुनै विषयमा जाँच गर्नु परेमा निजलाई सजाय दिन पाउने अधिकारीले निलम्वन गर्न सक्नेछ । निलम्वन गर्दा साधारणतया तीन महिनाभन्दा बढी गर्नु हु“दैन ।
(२) नैतिक पतन देखिने फौजदारी अभियोगमा गिरफ्तार भई थुनिएको शिक्षक त्यसरी थुनिएको अवधिभर स्वतः निलम्वन भएको मानिनेछ । यसरी निलम्बन हुने शिक्षकले निलम्बन भएको अवधिको तलब भत्ता पाउने छैन ।
(३) कुनै शिक्षक आफ्नो पदमा पुन स्थापित भएमा वा नोकरीमा नरहेमा निजको निलम्वन समाप्त भएको मानिनेछ ।
(४) उपनियम (१) बमोजिम कुनै शिक्षक निलम्वन भएमा सो निलम्वन रहेको अवस्थामा निजले आफ्नो तलवको आधा मात्र पाउनेछ ।
तर त्यसरी लागेको अभियोग प्रमाणित नभई कुनै शिक्षकले सफाई पाएमा निजले निलम्वन रहेको अवधिमा आधा तलव पाएको भए सो कटाई वाँकी तलव र त्यस्तो आधा तलव नपाएको भए पूरै तलव पाउनेछ ।